logo
२०८१ मंसिर १४ शुक्रवार



काठमाडौं उपत्यकामा ९०६ संक्रमित, अहिलेसम्म तीन हजार ४०९ जनाकाे मृत्यु

स्वास्थ्य |


काठमाडौं उपत्यकामा ९०६ संक्रमित, अहिलेसम्म तीन हजार ४०९ जनाकाे मृत्यु


गाेरखापत्र अनलाइन

काठमाडाैं, भदाै १४ गते । पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा ९०६ जनालाई संक्रमण पुष्टि भएकाे छ। काठमाडौंमा ६६५, ललितपुरमा १३८ र भक्तपुरमा १०३ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हाे ।

यस्तै, काठमाडौं उपत्यकामा ९१४६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा पाँच हजार ५८३, ललितपुरमा दुई हजार २१० र भक्तपुरमा एक हजार ३५३ सक्रिय संक्रमित छन्।

काठमाडाैं दुई हजार ८७, ललितपुरमा ६८१ र  र भक्तपुरमा ६४१ जनाकाे काेराेना भाइरसका कारण मृत्यु भएकाे छ । यसरी अहिलेसम्म काठमाडाैं उपत्यकामा संक्रमणका कारण तीन हजार ४०९ जनाकाे ज्यान गएकाे मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?