logo
२०८१ मंसिर १४ शुक्रवार



आधुनिक डिजिटल मेसिनबाट उपचार सेवा शुरु

स्वास्थ्य |


आधुनिक डिजिटल मेसिनबाट उपचार सेवा शुरु
p


गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ १९ गते । छत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक डिजिटल मेसिनबाट सेवा दिने भएको छ । नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा वरिष्ठ मुटुरोग बिशेषज्ञ डा .भगवान कोइरालाले आज चिकित्सालयमा उक्त एक्सरे मेसिनको उत्घाटन गर्नुभयो ।
डा. कोइरालाले नयाँ डिजिटल प्रणालीले स्वास्थ्य उपचारमा थप सहज र ब्यबस्थित हुने बताउनुभयो । चिकित्सकले पनि सो मेसिनको प्रयोगले आफूले त्रुटी गरे नगरेको अध्यन गर्न पाउने बताउनुभयो । उहाँले समुदायसँग जोडिएको यस्ता किसिमको चिकित्सालय उदाहरणीय भएको बताउनुभयो ।
चिकित्सालयका अध्यक्ष डा मनोजमान श्रेष्ठले अन्य ठूला अस्पतालले हालै प्रयोग गर्न थालेको सो मेसिन आफ्नो चिकित्सालयले पनि प्रयोग गर्न सक्षम भएकोमा खुशी ब्यक्त गर्नुभयो । उहाँले दैनिक एक सय सिलिन्डर क्षमतको अक्सिजन प्लान्ट समेत छिटै निर्माण हुन् लागिएकोमा बतानुभयो । यसै गरी काठमाडौँ महानगर पालिकाको दुई करोड ५० लाख सहयोमा चिकित्सालयको नयाँभवन बान्ने जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?