logo
२०८१ मंसिर १४ शुक्रवार

  दृश्य समाचार  



संक्रमितमा ज्वरो आउनु अघि नै छालामा डाबर देखा पर्न सक्छ

स्वास्थ्य |


संक्रमितमा  ज्वरो आउनु अघि नै छालामा  डाबर देखा पर्न सक्छ


मनाेजरत्न शाही केशब गुरूङ्ग
काठमाडौं, भदौ २० गते । कोभिड १९ संक्रमण भएको छालाबाट पनि थाहा पाउन सकिने छालारोग विशेषज्ञ डा. प्रज्ज्वल पुडासैनीले बताउनुभएको छ । जिउ दुख्नु र ज्वरो आउनुभन्दा दुई दिन अघि नै छालामा कमिलाले टोक्दा देखिनेजस्तो डावरहरु देखापरेमा कोरोना संक्रमण भएको हुनसक्ने डा।पुडासैनीले बताउनुभयो ।

घरमा कोही व्यक्ति कोरोना संक्रमित भएको भए छालामा डावर देखिए कोरोना संक्रमण हुनसक्ने भएकाले डावर देखिने व्यक्तिले आफूलाई आइसोलेटेड गर्नुपर्ने उहाँको भनाई छ । स्पेनबाट सुरु भएको यो रोगको निदान नेपालमा पनि गर्नु जरुरी रहेको उहाँले बताउनुभयो ।

स्वास्थ्यका स्रोत साधन सीमित रहेको नेपालजस्तो देशमा यस विषयमा थप ध्यान दिनु आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।

छालामा समस्या आउने वित्तिकै डाक्टरको सल्लाहबिना नै औषधिहरुको प्रयोग गरेको देखिएकाले जाखिम बढ्न सक्ने उहाँको भनाई छ । कोभिड संक्रमण भएपछि कपाल झर्ने समस्या पनि देखिएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?