logo
२०८१ मंसिर १४ शुक्रवार



१२ वर्षपछि नेपालले क्षेत्रीय समितिको सत्र सञ्चालन गर्दै

स्वास्थ्य |
राष्ट्रिय |


१२ वर्षपछि नेपालले क्षेत्रीय समितिको सत्र सञ्चालन गर्दै


 काठमाडौं, भदौ २० गते । नेपालले विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय समितिको ७४ औं सत्र आयोजक र अध्यक्षको जिम्मेवारी गर्ने भएको छ । १२ वर्षपछि नेपालले क्षेत्रीय समितिको सत्र सञ्चालन गर्ने लागेको हो । यसअघि नेपालले सन् २००९ मा क्षेत्रीय समितिको सत्र सञ्चालन गरेको थियो ।

सोमबारदेखि शुक्रबार ९६ देखि १० सेप्टेम्बरसम्म भर्चुअल माध्यमबाट विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको क्षेत्रीय समितिको ७४ औं सत्र आयोजक सञ्चालन हुने छ । यस समितिमा दक्षिण पूर्वी एसियाका ११ वटा सदस्य राष्ट्रहरु रहेका छन् ।

७४ औं सत्रमा सबै देशमा स्वास्थ्य मन्त्रीहरु, विश्व स्वास्थ्य संगठनका महानिर्देशक, क्षेत्रीय निर्देशक, सदस्य राष्ट्रका वरिष्ठ स्वास्थ्य अधिकारीलगायतका संयुक्त राष्ट्र संघका एजेन्सीहरु, विकास साझेदारहरु, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधिहरुको उपस्थित हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिनुभयो ।

यसैगरी, स्वास्थ्य संगठनका कार्यक्रमहरु, नीति, बजेटको समिक्षा तथा स्वीकृति गर्नुको साथै कोभिड–१९ लगायतका अन्य समसामयिक जनस्वास्थ्यका मूल मुद्दाहरुमा छलफल हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?