logo
२०८० चैत्र १६ शुक्रवार



नयाँ बसपार्कको गेष्ट हाउसमा 'सामुहिक बलात्कार' घटनाको अनुसान्धनअन्तिम चरणमा

खुला |


नयाँ बसपार्कको गेष्ट हाउसमा 'सामुहिक बलात्कार' घटनाको अनुसान्धनअन्तिम चरणमा


काठमाडौं, माघ २ गते । काठमाडौंको नयाँ बसपार्कको एक गेष्ट हाउसमा भएको 'सामुहिक बलात्कार' घटनाको अनुसान्धन करिब अन्तिम मोडमा पुगेको प्रहरीले जनाएको छ । अहिले अनुसान्धन करिब अन्तिम मोडमा पुगेकाले अबको दुई–तीन दिनमा प्रत्रकार सम्मेलन गरी घटनाबारे थप जानकारी दिने प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो ।

उहाँका अनुसार केश अनुसान्धनकै क्रममा रहेको छ । पुर्पक्षको लागि थुनामा लाने तयारी छ । ‘अहिले केश अनुसान्धनकै क्रममा छ, सरकारी वकिलको कार्यलयमा गएपछि अदालत जान्छ, थुनछेक बहसपछि पुर्पक्षको लागि थुनामा लाने हुन्छ,’ प्रवक्ता मैनालीले भन्नुभयो ।

महिलामाथि बलात्कार गरेको आरोपमा विभिन्न ठाउँबाट आठ जनालाई प्रहरीले पक्राउ गरेको थियो । ती पक्राउ परेकाहरुमाथि नै अहिले अनुसान्धन गरिरहेको उहाँले बताउनुभयो ।

बलात्कार गरिएको सुचना प्रहरी प्रभाग नयाँ बसपार्कमा पुगेको थियो । त्यही सुचनाका आधारमा प्रहरी वृत्त महाराजगन्ज, परिसर र अपराध महाशाखाको टोली अनुसन्धानमा थालेको थियो ।

काठमाडौंको नयाँ बसपार्कको एक गेष्ट हाउसमा गत पुस १४ गते एक महिलामाथि 'सामुहिक बलात्कार' भएको घट्ना सार्वजनिक भएको थियो ।

पुस १३ गते रातिदेखि १४ गतेसम्म महिलामाथि सामूहिक बलात्कार भएपछि घटना बाहिरिएको थियो । पीडित महिलाको उजुरीपछि सीसी क्यामरा फुटेजको सहयोगमा प्रहरीले अभियुक्तहरुलाई पक्राउ गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?