logo
२०८० चैत्र १६ शुक्रवार



मोहमदलाई आईसीसी ‘टी–२० क्रिकेट अफ दि इयर अवार्ड’

क्रिकेट |
खेलकुद |


मोहमदलाई आईसीसी ‘टी–२० क्रिकेट अफ दि इयर अवार्ड’


काठमाडौँ, माघ ९ गते । आईसीसी ‘टी–२० क्रिकेटर अफ दि इयर–२०२१ अवार्ड’ पाकिस्तानका विकेट किपर ब्याट्सम्यान मोहमद रिजवानले जित्नुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आइतबार मोहमदलाई यस अवार्ड प्रदान गर्ने घोषणा गरेको हो ।

२९ बर्षीय रिजवानले विश्वकपमा पाकिस्तानका लागि सानदार प्रदर्शन गर्नुभएको थियो । उहाँले गतबर्ष टी–२० खेलमा २६ खेल खेल्दै १३ सय २६ रन बनाउनुभएको थियो । जसमा एक सतक र १२ अर्धसतक सामेल थिए ।

यसैगरी आईसीसीले एसोसियट क्रिकेटर अफ दि इयर अवार्ड ओमानका कप्तान जिशान मकसुदलाई प्रदान गर्ने घोषणा गरेको छ । अलराउन्डर मकसुदले १३ अन्तर्राष्ट्रिय खेल खेल्दै तीन सय १६ रन बनाउनुभएको थियो । जसमा २१ विकेट सामेल थियो । एजेन्सी 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?