किन दुख्छ स्तन
गोरखापत्र अनलाइन ,
चैत्र ६, २०७६ बिहीबार
स्तनको दुःखाई त्यसको अवस्था हेरेर चिकित्सा क्षेत्रमा मास्टाल्जिया, मामाल्जिया र मास्टडेनिया नामले चिनिन्छ । महिलाको स्तनमा पीडा उत्पन्न हुनु प्रायः सामान्य घटना हो । स्तन दुख्दा त्यो सुस्तरी आउने र जाने हुनसक्छ, स्तन गह्रौँ र कडा भएको महसुस हुने, स्तनका तन्तुमा जलन हुने वा स्तन नरम परेको अनुभूति हुनसक्छ ।