रोकथाम भन्दा डर पैदा गर्छन्, आफैं डाक्टर बन्न थाल्छन्
गोरखापत्र अनलाइन ,
चैत्र ३, २०७६ सोमबार
विश्वव्यापी रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९)बारे सामाजिक सञ्जालमा आउने विभिन्न किसिमका समाचार र सूचनाका कारणले बजारमा कालोबजारी र आधारभूत आवश्यकताको अभाव सिर्जना भएको छ ।फेसबुक, इन्स्टाग्राम र यूटुय्बले भाइरसबारे सत्यतथ्य जानकारी गराइए पनि विभिन्न अनलाइन न्यूज पोर्टल, पेजहरु र सामाजिक सञ्जाल प्रयोगकर्ताले अनावश्यक रुपमा कोभिड–१९ बारे डर उत्पन्न गराएपछि यस्तो अवस्था आएको हो ।