भोकले भौँतारिँदा ‘तातो भात’
गोरखापत्र अनलाइन
भाद्र २७, २०७७ शनिबार
‘भोकभोकै दिन–रात बिताएँ, यो पीडा कसरी भन्न सकुँला र ? यस्तो बेला खाना खुवाएर हाम्रो ज्यान बचाइदिनुुभयो । धन्य, यो गुन बिर्सन सकिन्न ।’
कोरोना कहरले बन्द सहरका रित्ता सडकमा भोकले भौँतारिएका बेला स्वादिष्ट भोजन पाएपछि विराटनगरका गणेश थापाले निकै हर्षित हुँदै यस्तै प्रतिक्रिया व्यक्त गर्नुभयो । स्थानीय क्याटरिङमा ज्यालादारी गर्दै आउनुभएका थापा जस्तै भोकले छट्पटाउनुभएका दिलीप चौधरीले पनि भोक लागेको बेला भोजन पाउनु...