रित्तिँदै क्वारेन्टाइन, समुदायस्तरबाट थपिँदै सङ्क्रमित
गोरखापत्र अनलाइन
भाद्र ७, २०७७ आईतवार
बागलुङको विभिन्न स्थानी तहमा रहेका क्वारेन्टाइनहरु खाली हुँदै गएका छन् । भारत लगायतका अन्य मुलुकबाट घर फर्कनेहरुको संख्या घटे लगतै क्वारेन्टाइन रित्तिन थालेका हुन् ।
विदेशबाट घर फर्कनेहरुको लागि लक्षित गरी स्थानीय तहहरुले आ–आफ्नो क्षेत्रमा सामुदायिक भवन, विद्यालय तथा खाली रहेका व्यक्तिगत घरमा क्वारेन्टाइन निर्माण गरेका थिए ।
दश स्थानीय तह रहेको बागलुङको बरेङ्ग गाउँपालिकामा १०, ताराखोला गाउँपालिकामा ६, जैमिनी...