जोखिम भत्ताको माग गर्दै धर्ना बसेका स्वास्थ्यकर्मीसहित ३१ जनामा कोरोना सङ्क्रमण
गोरखापत्र अनलाइन
भाद्र २, २०७७ मंगलवार
सर्लाहीको हरिपुरमा जोखिम भत्ताको माग गर्दै नगरपालिका कार्यालयमा धर्नामा बसिरहेका तीन जना स्वास्थ्यकर्मीसहित ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा थ्रोट स्वाब परीक्षण गराउँदा स्वास्थ्यकर्मी, कर्मचारी, समाजसेवी, व्यापारी लगायत गरी ३१ जनाको पोजिटिभ रिपोर्ट आएको हरिपुर नगरपालिका, स्वास्थ्य शाखा संयोजक बिकाउ महतोले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये...