पर्सामा थपिए ४१ सङ्क्रमित, पछिल्ला २२ दिनमा ५८२ सङ्क्रमित
गोरखापत्र अनलाइन
श्रावण २२, २०७७ बिहीबार
नारायणी अस्पतालको प्रयोगशालामा गरिएका पिसिआर परीक्षणको बुधबार राति आएको रिर्पोटमा पर्सामा ४१ सहित ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहट मौलापुरका एक जना , बाराको देवतालका एक जना र पर्सामा ४१ जना गरी ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।
पछिल्लो पटक कोरोना संक्रमण पुष्टि भएका छ महिला सहितका ४३ जना,एक जना चिकित्सक , ११ जना नेपाली सेना...