धितो लिलाम गर्न छ महिना पर्खिनुपर्ने
गोरखापत्र अनलाइन
मंसिर ८, २०७८ बुधबार
लघुवित्त वित्तीय संस्थाले कर्जाको भाका नाघेको छ महिनासम्म धितो लिलाम गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको निर्देशन, २०७७मा संशोधन/परिमार्जन/थप व्यवस्था सम्बन्धमा जारी गरिएको एकीकृत निर्देशिकामा यस्तो व्यवस्था गरिएको हो ।