कफीबाटै दुई वडाका किसानले लिए तीन करोड आम्दानी
गोरखापत्र अनलाइन
असार ४, २०७७ बिहीबार
जिल्लाको विकट खानीखोला गाउँपालिकाका दुई वडाका किसानले कफी खेतीबाटै वार्षिक तीन करोड आम्दानी लिन थालेका छन् । खासै उब्जनी नहुने पाखाबारीमा लगाइएको कफीबाट वडा नं. ६ साल्धारा र वडा नं. ७ मिल्चेका किसानले तीन करोड आम्दानी लिन थालेको हुन् ।
यहाँ उत्पादित कफी जापान, युरोपियन मुलुकहरूका जान थालेपछि स्थानीयले कफी खेतीलाई विस्तारसमेत गरिरहेका छन्् । मर्क, कोदो, फापर हुने बारीमा अहिले कफीले भरिएका छन् । यहाँको मुख्य पेशा...