logo
२०८१ बैशाख ८ शनिवार



प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग दर्ता

पढ्नै पर्ने |


प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग दर्ता


काठमाडौं, फागुन १ गते । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग दर्ता भएको छ । बिहान ११ बजे महाभियाेग दर्ता भएकाे संसद सचिवालयका प्रवक्ता राेजनाथ पाण्डेले बताउनुभयाे । साे प्रस्तावमा सांसदहरू पुष्पा भुषाल, देव गुरूङ् र जीवनराम श्रेष्ठले हस्ताक्षर गर्नुभएकाे छ । महाभियाेग दर्तासँगै प्रधानन्यायाधीश स्वतः निलम्बन हुने व्यवस्था छ । 

यस अघि २०७४ साल वैशाख १७ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्ध महाभियाेगकाे प्रस्ताव दर्ता भएकाे थियाे ।आज  महाभियाेग दर्तापछि पत्रकारहरूसँग कुरा गर्दै सांसद देव गुरूङले अदालत सुचारू गर्नु नभएकाे र भष्टाचारकाे अभियाेग लागेकाले महाभियाेग दर्ता गरिएकाे बताउनुभयाे । 

माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङले न्याय सम्पादनमा उहाँकाे असक्षमता र अयाेग्यता प्रष्ट देखिएकाले संविधानको संविधानको धारा १ सय १ को उपधारा २ बमोजिम  महाभियाेग कार्यविधि नियमन ऐन २०५९ काे दफा ३ काे उपधारा १ र २ बमोजिम संसदमा महाभियोग दर्ता गरेको बताउनुभयाे ।

उहाँले स्वतन्त्र र निष्पक्ष ढङ्गले न्याय सम्पादन नगरेको र पक्षपात र भेदभाव गर्नुभएकाले विभिन्न समस्या बढेका कारण न्यायालय सुचारु गर्न नसकेकाले महाभियोग लगाइएको बताउनुभयो ।

यस्तै नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले शक्ति पृथकिकरणको सिद्धान्तले चेक एण्ड व्यालेन्स गर्नुपर्ने भएकाले उहाँलाई औपचारिक र अनौपचारिक रुपमा अवरोध हटाउन आग्रह गरे पनि अनदेखा भएकाले संवैधानिक निकास निकाल्न खोजेको बताउनुभयो ।

अनाैपचारिक स्राेतबाट प्राप्त महाअभियाेगकाे प्रस्ताव 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?