थप एक हजार ६१९ सङ्क्रमित, एक हजार ८४६ निकाे, १६ जनाको मृत्यु
गोरखापत्र अनलाइन
भाद्र १७, २०७८ बिहीबार
पछिल्लो २४ घण्टामा एक हजार ६१९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर दश हजार ६५८ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, तीन हजार ९९२ जनाकाे एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८५ जनामा सङ्क्रमण पुष्टि भएकाे छ ।
पछिल्लो २४ घण्टामा एक हजार ८४६ जना कोरोनामुक्त भएका छन् । नेपालमा निको हुने दर ९४.१६ प्रतिशत रहेको छ ।
स्वास्थ्य मन्त्रालयका...