काठमाडौं उपत्यकामा ९०६ संक्रमित, अहिलेसम्म तीन हजार ४०९ जनाकाे मृत्यु
गोरखापत्र अनलाइन
भाद्र १४, २०७८ सोमबार
पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा ९०६ जनालाई संक्रमण पुष्टि भएकाे छ। काठमाडौंमा ६६५, ललितपुरमा १३८ र भक्तपुरमा १०३ संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हाे ।
यस्तै, काठमाडौं उपत्यकामा ९१४६ सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा पाँच हजार ५८३, ललितपुरमा दुई हजार २१० र भक्तपुरमा एक हजार ३५३ सक्रिय संक्रमित छन्।