सिरहा अस्पतालमा सुधारः रेफर केन्द्रको रूपमा चिनिएको अस्पतालमा बिरामीले पाउन थाले उपचार
गोरखापत्र अनलाइन
भाद्र ७, २०७८ सोमबार
सिरहा सदरमुकामा रहेको जिल्ला अस्पताल सिरहामा बिरामीहरूको चाप बढ्न थालेको छ । स्थानीय बिरामीहरू टाढा गएर लिइनुपर्ने स्वास्थ्य सेवा अब आफ्नै गाउँ ठाउँमा पाउन थालेपछि अस्पतालमा बिरामीको चाप बढेको अस्पतालले जनाएको छ ।
केही वर्ष पहिले जिल्ला अस्पताल सिरहा ‘रेफर’ केन्द्रको रूपमा थियो । सामान्य रोगका बिरामीहरूलाई यहाँ उपचार हुन नसक्ने भन्दै अस्पतालले रेफर गरेर धरान विराटनगर पठाउने गर्ने गर्थे । केही वर्ष यता अस्पतालको...