दुई हजार ९७५ जनामा सङ्क्रमण पुष्टि, ३५ जनाको मृत्यु
गोरखापत्र अनलाइन
श्रावण २०, २०७८ बुधबार
पछिल्लो २४ घण्टामा दुई हजार ९७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३५४ आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै, चार हजार ९४४ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक हजार १३२ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ५३५ जना कोरोना संक्रमित निको भएका छन् भने सङ्क्रमणका...