थप एक हजार ५२७ सङ्क्रमण पुष्टि, तीन हजार ६६ निको, १९ जनाको मृत्यु
गोरखापत्र अनलाइन
असार १९, २०७८ शनिबार
छिल्लो २४ घण्टामा थप एक हजार ५२७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ८३७ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै, चारहजार २९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण १९ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार १९८ जनाको मृत्यु भैसकेको छ ।
पछिल्लो २४...