रहनु भएन लोपउन्मुख ‘कुसुन्डा’ भाषाकाे एक मात्र ज्ञाता
गोरखापत्र अनलाइन ,
माघ ११, २०७६ शनिबार
लोपन्मुख कुसुण्डा भाषाको पूर्ण वक्ता मानिएकी ज्ञानीमैया कुसुण्डाको शनिबार निधन भएको छ । लमही नगरपालिका वडा नं. ६ कुलमोहरस्थित आफ्नै घरमा उहाँको निधन भएको हो ।उहाँको मृत्युपछि उक्त भाषा थप संकटमा पर्ने भाषाका बीज्ञ तथा सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् ।