कालुङ्खोला किनारमा उर्लिएको छाल
गोरखापत्र अनलाइन
भाद्र १२, २०७८ शनिबार
आज धेरै वर्षपछि कालुङ्खोला किनारको एउटा ढुङ्गामा बस्न पुगेँ । खोला किनारको च्याप्टो परेर सुतेकोे ढुङ्गा खोज्यो मनले । आमाले तामाको ताउलोमा खरानीको बाहानमा पकाएका कपडाहरू पछारी पछारी धुने त्यही ढुङ्गा थियो । त्यतिबेला साबुनले धुने कपडा त निकै कम थिए, बा र हजुबाका ढाकाटोपी अनि हाम्रा दुई–चरावटा ट्यार्लिङका कपडा मात्र । हामी केटाकेटीलाई आमाको नजिक–नजिक पुगेर खोलामा खेल्न निकै रमाइलो हुन्थ्यो । जहाँ आमा, मायाकी...