विपत् व्यवस्थापनमा संवेदनशीलता
गोरखापत्र अनलाइन
भाद्र ७, २०७८ सोमबार
विपत्को समयमा गरिने उद्धार, राहत एवं पुनस्र्थापनाका काममा मानवीय सहायताको विषय निकै महìवपूर्ण र संवेदनशील हुन्छ । विपत्मा परेका व्यक्तिलाई सर्वप्रथम जीवन रक्षा र खाद्यान्न, स्वास्थोपचार, लत्ताकपडा, आवासलगायतका कुरा आवश्यक हुन्छ । बाढीपहिरो, भूकम्पजस्ता प्राकृतिक विपत्को समयमा सडक, बाटो, विद्युत्, सञ्चारजस्ता आधारभूत सेवासमेत अवरुद्ध हुनसक्ने भएकाले राहत, उद्धार तथा पुनस्र्थापनाका काममा समस्या हुनसक्छ । यस्तो...