युवाशक्ति पलायन समृद्धिको बाधक
गोरखापत्र अनलाइन
भाद्र १, २०७८ मंगलवार
राष्ट्रिय युवा परिषद् ऐन, २०७२ ले तोकेको उमेर समूहलाई आधार मान्ने हो भने नेपालमा एक करोड छ लाख अर्थात् कुल जनसङ्ख्याको ४० दशमलव ३ प्रतिशत युवा छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार यो १६ देखि ४० वर्ष उमेर समूहभित्रको सङ्ख्या हो । यो उमेर समूह मानव जीवनकै सबैभन्दा ऊर्जाशील र उत्पादनमूलक समूह हो भन्ने विश्वव्यापी मान्यता रहेको छ । त्यसैले युवा जनशक्तिलाई देश विकास तथा समाज रूपान्तरणको मेरुदण्डका रूपमा सर्वत्र मानिन्छ ।
हामीले...