निरर्थक बहसमा धर्मनिरपेक्षता
गोरखापत्र अनलाइन
श्रावण ३१, २०७८ आईतवार
२००४ सालमा उदारवादी प्रधानमन्त्री पद्म शमशेरले बनाउन लगाएको ‘नेपाल सरकार वैधानिक कानुन’मा धार्मिक स्वतन्त्रता उपभोग गर्न पाइने बेहोरा उल्लेख भएको थियो । राणा शासनको अवसानलगत्तै बनेको ‘नेपाल अन्तरिम शासन विधान’मा सरकारले धर्म, जाति, जात (वर्ण), लिङ्ग वा वर्गको कारणबाट भेदभाव गर्ने छैन भनी उल्लेख गरिएको थियो । ‘नेपाल अधिराज्यको संविधान, २०१५’ले प्रत्येक नागरिकलाई धार्मिक स्वतन्त्रताको हक प्रदान गरेको थियो । यो...