विपत् व्यवस्थापनमा स्थानीय सक्रियता
गोरखापत्र अनलाइन
श्रावण २६, २०७८ मंगलवार
योअथाह, अज्ञात, विशाल कालचक्रमा चलिरहेको संसारमा रहने जड–चेतन, स्थावर–जङ्गम, जीवजगत्मा आन्तरिक रूपमा वा बाह्य भौतिक र प्राकृतिक रूपमा सुख–दुःख, आपत्–विपत्का अवस्था नियमित र आकस्मिक रूपमा घुमिरहेका हुन्छन् । कति बेला कहाँ, के हुन्छ, के पर्न आउँछ भन्ने कसैलाई पनि थाहा हुँदैन । कहिलेकाहीँ अनुमानसम्म गर्न मात्र सकिन्छ । समयचक्रले अज्ञात रूपमा ल्याउने वा आइपर्ने यस्ता आपत्–विपत् एउटा सामान्य व्यक्तिदेखि लिएर सिङ्गो...