राष्ट्रिय मुद्दामा राष्ट्रिय एकता
गोरखापत्र अनलाइन ,
असार ५, २०७७ शुक्रबार
सङ्घीय संसद्ले गत जेठ ३१ गते निशान छापमा नेपालको अद्यावधिक नक्सा राख्नेगरी संविधान संशोधन गरेको छ । यसबाट नेपालको भौगोलिक अखण्डता रक्षाका लागि नक्सा प्रकाशित गर्ने सरकारले पहिलो कदम अनुमोदन भएको छ । सङ्घीय संसद्का सत्ता पक्ष, प्रमुख प्रतिपक्ष, साना दलमात्र होइन, सरकारसँग कटुसम्बन्ध राख्दै आएका मधेसवादी दलहरूले पनि निःसर्त सरकारी प्रस्तावलाई सर्वसम्मत बनाउन मद्दत गरे । यसबाट राष्ट्रियता, सार्वभौम सत्ता र भौगोलिक...