कर्मचारी मनोबल र नेतृत्त्व
गोरखापत्र अनलाइन ,
असार ४, २०७७ बिहीबार
विश्व महामारीका रूपमा फैलिएको कोभिड–१९ हामी सबैका लागि साझा सङ्कटका रूपमा देखापरेको छ । सङ्कट एक अत्यन्त असहज परिस्थिति हो, जसका आर्थिक, सामाजिक, राजनीतिक, शारीरिक र मनोवैज्ञानिक असरहरू हुने गर्दछन् । यसले देशको अर्थतन्त्र, सरकार, राजनीति, सामाजिक र जनसाङ्ख्यिक बनावटलाई समेत परिवर्तन गर्न सक्छ भने जनमानसको शारीरिक स्वास्थ्यलगायत अविश्वास, डर, चिन्ता, नैराश्य, तनाव, कुण्ठा, डिप्रेसन आदि बढ्न गई मनोसामाजिक स्वास्थ्यमा...