बालमनोस्वास्थ्यमा बन्दाबन्दीको असर
गोरखापत्र अनलाइन ,
असार ३, २०७७ बुधबार
कोरोनामहामारीका कारण विश्वका अन्य देशमा जस्तै नेपालमा पनि सरकारले बन्दाबन्दी घोषणा गरेको ८० दिन पूरा भइसकेपछि यसलाई केही खुकुलो बनाइएको छ । लामो समय बितिसके पनि सङ्क्रमणको दर र त्रास भने कम हुन सकेको छैन । यसले सर्वसाधारणको आर्थिक, सामाजिक र दैनिक क्रियाकलापमा कठिनाइ सिर्जना गरेको छ । महामारीले समाजका हरेक पक्षलाई कुनै न कुनै रूपमा नकारात्मक असर पारेकाले बालबालिका यसको प्रभावबाट मुक्त रहन सकेनन् । नियमित क्रियाकलाप...