दुई सत्रमा सरकारी काम (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
असार २, २०७७ मंगलवार
सोमबारदेखि सबै सरकारी, सार्वजनिक तथा निजी क्षेत्रका कार्यालय खुलेपछि जनजीवन सामान्य बनेको आभास गरिएको छ । कोरोना भाइरस रोग (कोभिड–१९) नियन्त्रणका लागि सरकारले बन्दाबन्दी गरेको ८३ दिनपछि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै कार्यालय खुलाइएपछि सेवाग्राहीले लामो समयदेखि रोकिएका सेवा, सुविधा प्राप्त गर्नेछन् भने आर्थिक गतिविधि बढेर राजस्व प्राप्तिमा सहजता हुनेछ । बन्दाबन्दीले मालपोत, कर, राहदानी, लाइसेन्स, नागरिकता,...