ऐतिहासिक स्वाभिमान (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
असार १, २०७७ सोमबार
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अद्यावधिक नक्सा संविधानको अनुसूचीमा समावेश गर्ने हेतुले गर्न लागिएको संविधान संशोधनका सन्दर्भमा संसद्को रोष्ट्रममा उभिएर भन्नुभएको थियो– ‘पुर्खाले लडे, हामी अडे पुग्छ ।’ हुन पनि नेपाली पुर्खा कहीँ कतै ‘जाइकटक’ लडाइंँ लडेका थिएनन् । ‘झिकीकटक’ अर्थात् आफ्ना सीमा र स्वामिमानमाथि आक्रमणको प्रतिरोधमा लडेका थिए । वर्तमान युगमा लडाइँ भन्नु नै अडाइ (अडान) हो । आफ्नो सीमाका लागि,...