प्रकृतिसँग द्वन्द्वको परिणाम : महामारी
गोरखापत्र अनलाइन ,
जेष्ठ ३१, २०७७ शनिबार
गतवर्ष बुबाको पेटको शल्यक्रिया गर्ने सिलसिलामा अस्पतालमा एकजना शल्यचिकित्सकसँग कुरा हुँदा परिचयको क्रममा मेरो विषय भौतिकशास्त्र भन्ने सुन्नासाथै उनले भने, “ओहो, भौतिकविज्ञान विषय सुन्नेबित्तिकै मलाई डर लाग्छ, मलाई ज्यादै गाह्रो लाग्थ्यो ।” मैले भनेँ, आआफ्नो रुचिको विषय हो, मलाई त रमाइलो लाग्छ । उनी पक्कै पनि कमजोर विद्यार्थी होइनन् किनकि उनी चिकित्साशास्त्रमा अब्बल भएर निस्किएका छन् । उनलाई भौतिकशाश्त्र नै पढ्न...