सम्बन्धको आधार समानता !
गोरखापत्र अनलाइन ,
जेष्ठ ३०, २०७७ शुक्रबार
कोरोनाले हेपिरहेको बेला दक्षिणी छिमेकी नेपाली भूमिको नक्कली मालिक बन्न लागिपरेको छ । केही समयअघि उसले एकतर्फी रूपमा कालपानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग आफ्नो नक्सामा मिसायो । त्यसबेला नेपालले सानै स्वरमा भए पनि लिखितरूपमै भन्योः यो के गरेको, यो त हाम्रो बारी हो । त्यो नक्साप्रति हाम्रो नियमापत्ति÷आपत्ति छ । कहिलेसम्म यो झ्याउलो पालिराख्नु, वार्तामार्फत निकासको बाटो खोजौँ । छट्टु, मिचाहा, बलवान्...