इन्डिया र चाइनाबीचमा नेपाल
गोरखापत्र अनलाइन ,
जेष्ठ २९, २०७७ बिहीबार
हिन्दुस्तानका तीन नाम छन्– हिन्दुस्तान, भारत र इन्डिया । त्यसमा धेरै हिन्दुस्तानीलाई मनपर्ने नाम हो इन्डिया । बलिउडका फिल्म हेर्नेलाई थाहा हुन्छ जसको मुखबाट पनि ‘इन्डिया’ या ‘इन्डियन’ नै निस्किएको हुन्छ । कसैसँग भेट्दा पनि ‘आई एम फ्रम इन्डिया’ नै भन्ने सुनेको छु । अरू त अरू विहार र उत्तर प्रदेशका मित्रहरू पनि ‘आई एम फ्रम विहार, इन्डिया’ ‘आई एम फ्रम युपी, इन्डिया भन्छन् । इन्डिया शब्दसँग प्रायः सबै हिन्दुस्तानीको...