कूटनीतिक वार्ताबाटै समाधान (सम्पादकीय)
गोरखापत्र अनलाइन ,
बैशाख ३०, २०७७ मंगलवार
भारतले उसको पिथौरागढ जिल्लाको गर्वाधारबाट सुरु गरी नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर पुग्ने सडक बनाई उद्घाटन गरेपछि नेपाल सरकारले औपचारिक रूपमा ‘भारतले नेपाली भूमि लिपुलेक हुँदै चीन जोड्ने सीमासडक एकतर्फी निर्माण गरेको जानकारी अत्यन्तै दुःखका साथ प्राप्त भएको र यो दुई देशबीचको समझदारीको विपरीत रहेको’ प्रतिक्रिया दिएको छ । परराष्ट्र मन्त्रालयद्वारा जारीे विज्ञप्तिमा सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरा,...