नेपाल बुद्धमार्ग कि हिन्दुराज्य
गोरखापत्र अनलाइन ,
बैशाख २५, २०७७ बिहीबार
कुनै समयमा नेपाल लगायतको सिङ्गो भारत ‘बुद्ध धम्म’ बाट ढाकिएको थियो । यो भनेको आजभन्दा दुई हजार चार सय वर्ष अघिको कुरा हो । तर हामीलाई आफ्नै इतिहास पनि थाहा हुँदैन । किनभने हामी नेपाली अध्ययन, अनुसन्धान गर्दैनौँ । यो सत्यलाई धेरै भारतीय विद्वान्ले प्रमाणसहित पुष्टि गरेका छन् । दक्षिण भारतका विशाल हिन्दु मन्दिरको जगमा बुद्धकालीन सभ्यता भेटिएको तथ्य उनीहरूले पस्किएका छन् । बुद्ध कालमा अयोध्याको नाम शाकेत रहेछ ।...