logo
२०८१ असोज ११ शुक्रवार



महामारी सुरु भएयता ट्रम्प पहिलोपटक मास्क लगाएर सार्वजनिक स्थलमा

अन्तर्राष्ट्रिय |


महामारी सुरु भएयता ट्रम्प पहिलोपटक मास्क लगाएर सार्वजनिक स्थलमा
तस्विर–रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २८ गते । कोरोनाभाइरस महामारीको रुप लिएयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक मास्क लगाएर सार्वजनिक स्थलमा देखा पर्नुभएको छ । बीबीसीका अनुसार राष्ट्रपति ट्रम्प वाशिङ्गटन बाहिर रहेको वाल्टर रीड सैन्य अस्पतालको भ्रमणको क्रममा मास्क लगाएको देखापर्नुभएको हो ।
ह्वाइट हाउसबाट प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उहाँले भन्नुभयो, “म मास्कको विरुद्धमा कहिले छैन, तर उचित समय र स्थानमा लगाउनुपर्ने मेरो विश्वास रहीआएको छ ।” यसअघि उहाँले आफू मास्क नलगाउने र आफ्ना प्रतिद्वन्द्वी जोइ बिडेनले मास्क लगाएकोमा आलोचना गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, “अस्पतालमा जाँदा तपाईं सेना र स्वास्थ्य कार्यकर्तामाझ पुग्नुहुन्छ, अपरेशन हुने ठाउँसम्म पुग्नुपर्ने हुन्छ र त्यत्तिबेला मास्क लगाउनुको औचित्य सही हुन्छ ।” यसअघि गत अप्रिल महिनामा अमेरिकी रोग नियन्त्रण केन्द्रले सर्वसाधारणलाई मास्क अनिवार्य लगाउन सुझाइरहँदा ट्रम्पले उक्त सुझाव खारेज गर्दै आफू उक्त उपाय नअपनाउने बताउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?