logo
२०८१ असोज ११ शुक्रवार



इजरायलमा विरोध प्रदर्शन

अन्तर्राष्ट्रिय |


इजरायलमा विरोध प्रदर्शन
तस्विर–गेट्टी इमजेज


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २८ गते । कोरोनाभाइरस प्रकोपको सामना गर्ने सरकारी नीतिप्रति विरोध जनाउँदै इजरायलमा सर्वसाधारण सडकमा उत्रेका छन् । सरकारी नीतिका कारण आर्थिक मन्दी आएको तर्क गर्दै उनीहरू विरोध स्वरुप सडकमा उत्रिएका हुन ।
बीबीसीका अनुसार शनिबार हजारौँ सर्वसाधारण तेल अविवमा जमा भई सरकारी नीतिको विरोधमा प्रदर्शन गरेका छन् । उनीहरूका अनुसार सरकारी राहत आइपुग्न धेरै समय लाग्ने दाबी गरेका छन । विरोध प्रदर्शनको आयोजना सानो स्तरका व्यवसायी, स्वरोजगार श्रमिक र कलाकारहरूले गरेका थिए ।
कोरोनाविरुद्ध लड्न सरकारले अपनाएको सतर्कताका उपाय र राहतस्वरुप घोषणा गरिएको भुक्तानीले जीविकोपार्जन कठिन हुने उनीहरूले तर्क गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?