logo
२०८१ असोज ११ शुक्रवार



कोरोनाविरुद्धको लडाइँमा दक्षिण अफ्रिकामा मदिरामाथि प्रतिबन्ध

अन्तर्राष्ट्रिय |


कोरोनाविरुद्धको लडाइँमा दक्षिण अफ्रिकामा मदिरामाथि प्रतिबन्ध


गोरखापत्र अनलाइन
काठमाडौँ, असार २९ गते । दक्षिण अफ्रिकाले कोभिड–१९ विरुद्धको लडाइँका लागि नयाँ प्रतिबन्ध जारी गरेको छ । जस अनुसार मदिराको बिक्री वितरणमा रोक लगाइएको छ ।
बीबीसीका अनुसार दक्षिण अफ्रिकी सरकारले रात्रीकालीन आवागमन निषेध गरेको छ । घरबाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेमा जोड दिइएको छ । राष्ट्रपति सिरिल रामाफोसाले यसै वर्ष दोस्रो पटक मदिरामा लगाइएको प्रतिबन्धले राष्ट्रिय स्वास्थ्य प्रणालीमाथिको चापलाई कम गर्ने बताउनुभएको छ ।
दक्षिण अफ्रिकामा सङ्क्रमित हुनेको सङ्ख्या करिब दुई लाख ५० हजार छन् । चार हजार सङ्क्रमितको मृत्यु भएको छ । यसै वर्षका अन्त्यसम्म मृतकको सङ्ख्या ५० हजार पुग्ने अनुमान गरिएको छ ।
अफ्रिका महादेशमा दक्षिण अफ्रिका सबैभन्दा बढी कोरोना प्रभावित राष्ट्र हो । कोरोनाविरुद्धको तयारीको क्रममा सरकारले २८ हजार शय्या तयार गरेको छ । राष्ट्रपति रामाफोसेले अझै १२ हजार स्वास्थ्य अधिकारीको अभाव भएको बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?