logo
२०८१ असोज ११ शुक्रवार



पोल्याण्डको राष्ट्रपतिमा आन्द्रेज ड्युडा निर्वाचित

अन्तर्राष्ट्रिय |


पोल्याण्डको राष्ट्रपतिमा आन्द्रेज ड्युडा निर्वाचित
तस्विर-बीबीसी


गोरखापत्र अनलाइन
काठमाडौं, असार २९ गते । पोल्याण्डका सत्तासीन राष्ट्रपति आन्द्रेज डयुडा राष्ट्रपति चुनाबमा आफ्नो प्रतिद्वन्दीलाई झिनो अन्तरले पराजित गर्नुभएको छ । आइतबार आएको चुनाबी परिणाम बमोजिम राष्ट्रपति डयुडाले प्रतिद्वन्दी राफल त्रिजाकोस्कीलाई पराजित गर्नुभएको हो ।
बीबीसीका अनुसार राष्ट्रिय निर्वाचन आयोगले ड्युडाले ५१.२ प्रतिशत मत ल्याएर विजयी हुनुभएको जनाएको छ । सन् १९८९ मा कम्युनिष्ट शासनको अन्त्यपछि पोल्याण्डमा झिनो अन्तरको जित भएको यो पहिलो राष्ट्रपतीय चुनाब हो । यूरोपेली संघसँगको बढ्दै गएको तनाब चुनाबको प्रमुख मुद्दा थियो । डयुडा राष्ट्रवादी ल एण्ड जस्टिस दल नेतृत्वको सोसल कन्जरभेटिभ गठबन्धनको प्रतिनिधित्व गर्नुभएको छ । त्रिजाकोस्की भने सोसल लिबरेल पार्टीको प्रतिनिधित्व गरी वार्सा शहरको मेयर हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?