logo
२०८१ असोज ११ शुक्रवार



भारतको आसाममा बाढीमा ५० जनाको मृत्यु, २० लाख प्रभावित

अन्तर्राष्ट्रिय |


भारतको आसाममा बाढीमा ५० जनाको मृत्यु, २० लाख प्रभावित
तस्विर–बीबीसी


गोरखापत्र अनलाइन
काठमाडौँ, असार ३१ गते । भारतको आसाम राज्यमा बाढीबाट कम्तीमा ५० जनाको मृत्यु भएको छ । बीस लाख व्यक्ति बाढीबाट प्रभावित भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
बीबीसीका अनुसार भारी वर्षाले हजारौँ घर डुबानमा परेका छन् । विस्थापितहरूका लागि सयौँ राहत शिविर बनाइएका छन् । भारतको आसाम, पश्चिम बङ्गाल, बिहार, उत्तरप्रदेश राज्य बाढीले बढी प्रभावित भएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत आसामको काजिराङ्गा राष्ट्रिय निकुञ्जको अधिकांश भाग डुबानमा परेको छ । करिब ५१ जङ्गली जनावरको मृत्यु भएको छ । एक सय दुईको उद्धार गरिएको छ । उक्त राष्ट्रिय निकुञ्ज विश्वको दुई तिहाइ एकसिङ्गे गैँडाको बासस्थान हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?