logo
२०८१ असोज ११ शुक्रवार



ट्युनिसियाका प्रधानमन्त्रीद्वारा राजीनामा

अन्तर्राष्ट्रिय |


ट्युनिसियाका प्रधानमन्त्रीद्वारा राजीनामा
तस्विर–सीएनएन


गोरखापत्र अनलाइन
काठमाडौँ, साउन १ गते । ट्युनिसियाका प्रधानमन्त्री एलियस फखफाखले राजनीतिक सङ्कटका बीच राजीनामा गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयले राजनीतिक द्वन्द्व घटाउन फखफाखले राजिनामा गर्नुभएको जनाएको छ ।
गत जनवरी महिनामा राष्ट्रपति कइस सइदले फखफाखलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो । गत वर्ष सम्पन्न आम चुनावमा कुनै दलले स्पष्ट बहुमत ल्याउन नसकेपछि राष्ट्रपति सइदले एलियस फखफाखलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।
बुधबार नै प्रतिपक्षी दल इस्लामिक दलका नेता इन्नाहदाले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको जानकारी दिनुभएको थियो । रोयटर्सका अनुसार प्रधानमन्त्री फखफाखले सरकारी ठेक्का पाएको कम्पनीहरूमा स्वामित्व लिएपछि उहाँको राजिनामाको मुद्दा उठेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?