logo
२०८१ असोज ११ शुक्रवार



कोरोना महामारीले भारतमा अमरनाथ यात्रा रोकियो

अन्तर्राष्ट्रिय |


कोरोना महामारीले भारतमा अमरनाथ यात्रा रोकियो
तस्विर–गेट्टी इमेज


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ७ गते । भारतमा वार्षिकरुपमा आयोजना हुने अमरनाथ धार्मिक यात्रा रोकिएको छ । भारत प्रशासित काश्मिरको गुफा यात्राले हजारौं श्रद्धालुलाई आकर्षित गर्दै आएको छ ।
भारतीय अधिकारीहरुका अनुसार काश्मिर क्षेत्रमा कोभिड–१९ सङ्क्रमित हुनेको संख्या दैनिक रुपमा वृद्धि हुँदै गएपछि धार्मिक यात्रामा रोक लगाइएको छ । जम्मु र काश्मिरमा सबै धार्मिक स्थल पूजाका लागि जुलाइ ३१ सम्म बन्द गरिएको छ । मंगलबार मात्रै काश्मिर क्षेत्रमा ६०८ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । उक्त तथ्याङ्कसँगै जम्मु काश्मिरमा मात्रै सङ्क्रमित हुनेको संख्या करिब १५ हजार नाघेको छ । वर्षको दुई महिना अमरनाथ यात्राको रुपमा श्रद्धालुका लागि पूजा आराधना खुल्ला गरिन्छ ।
बीबीसीका अनुसार अमरनाथ बोर्डले यात्रा रोक्नु अत्यन्तै तनाबपूर्ण अवस्था रहेको जनाएको छ । अमरनाथ यात्राको क्रममा भगवान शिवको आराधना गरिन्छ । बोर्डले श्रद्धालुका लागि पूजाको प्रत्यक्ष प्रसारण गर्ने वक्तब्यमा उल्लेख गरेको छ ।
विवादित उक्त भूमीलाई भारतले सन् १९८९ देखि अधिनमा लिएयता हिंसात्मक घटनाहरु हुँदै आएको छ । सन् २०१७ मा मात्रै अमरनाथ यात्राबाट फर्किदै गरेको छ जना महिला श्रद्धालुको हिंसात्मक आक्रमणमा मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?