logo
२०८१ असोज १३ आईतवार



भेनेजुएलामा सेप्टेम्बर महिना भित्रै रुसी खोप – मदुरो

अन्तर्राष्ट्रिय |


भेनेजुएलामा सेप्टेम्बर महिना भित्रै रुसी खोप – मदुरो


काराकास, भदौ २४ गते। भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले कोरोनाभाइरस विरुद्ध रुसले तयार पारेको “स्पुतनिक भी” खोप क्लिनिकल परीक्षणका लागि यसै सेप्टेम्बर महिनाभित्र भेनेजुएला आइपुग्ने बताउनु भएको छ ।
भेनेजुएलाको टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति मदुरोले रुसी खोपलाई भेनेजुएलामा परीक्षण गरिने जानकारी दिनुभयो । उहाँले आगामी राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार हुने सबैलाई उक्त खोप दिने बारेमा राष्ट्रिय निर्वाचन आयोगका पदाधिकारीसँग कुरा भइरहेको पनि बताउनुभयो । चुनावमा करिब १४ हजार ४०० जना उम्मेदवार हुने सम्भावना छ ।
रुसको गामालेया केन्द्रले निर्माण गरेको कोभिड–१९ को खोपलाई रुस सरकारले औपचारिक मान्यता प्रदान गरिसकेको छ ।
रुसी खोप उत्पादनकर्ता रुसी प्रत्यक्ष लगानी कोष ९आरडीआईएफ० का प्रमुख कार्यकारी किरिल डिमिट्रेभले विश्वका २० भन्दा बढी मुलुकले अर्बौं डोजका लागि आवेदन दिइसकेको बताउनु भएको छ । उहाँले रुसी खोप विश्वका पाँच वटा राष्ट्रमा उत्पादनका लागि रुसले सहमति दिइसकेको पनि जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?