logo
२०८१ मंसिर ८ शनिवार



मालीको प्रधानमन्त्रीमा पूर्व विदेशमन्त्री मोक्तार नियुक्त

अन्तर्राष्ट्रिय |


मालीको प्रधानमन्त्रीमा पूर्व विदेशमन्त्री मोक्तार नियुक्त


बामाको, असोज १२ गते। अफ्रिकी मुलुक मालीका अन्तरिम राष्ट्रपति बाह एनडाउले पूर्व विदेशमन्त्री मोक्तार ओउनेलाई मुलुकको अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ ।
माली सरकारको आधिकारिक ट्वीटमा राष्ट्रपति बाहले मोक्तारलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको घोषणा गरिएको थियो । नवनियुक्त प्रधानमन्त्री मोक्तारले सन् १९९५–२००२ सम्म मालीका लागि स्थायी प्रतिनिधि तथा सन् २००४–२००९ सम्म विदेशमन्त्रीका रुपमा कार्य गर्नु भएको थियो ।
मालीको नयाँ मन्त्रिपरिषदको घोषणा केहीदिनभित्रै गर्ने योजना रहेको छ । गत अगष्ट १८ मा मालीको सेनाले सरकार विरोधी प्रदर्शन जारी रहेकै अवस्थामा तत्कालीन राष्ट्रपति इब्राहिम बौबाकर केइटालाई सत्ताच्यूत गराएको थियो । नयाँ निर्वाचन नहुँदासम्म १८ महिनासम्मका लागि संक्रमणकालीन सरकार गठन हुने प्रक्रियामा रहेको छ ।
गएको शुक्रबार मालीका पूर्व रक्षामन्त्री बा एनडाउलाई संक्रमणकालीन राष्ट्रपतिका रुपमा सपथ गराइएको थियो । सैनिक विद्रोहको नेतृत्व गरेका जनरल आसिमी गोइटा भने उपराष्ट्रपतिमा रहनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?