कलकत्ता, जेठ ७ गते।
हालै भारतको पश्चिम बङ्गालबाट निर्वाचनमा पराजित मुख्यमन्त्री ममता बनर्जीले पश्चिम बङ्गालको भवानीपूर निर्वाचन क्षेत्रबाट उप–निर्वाचनमा प्रतिस्पर्धा गर्ने हुनुभएको छ ।
पश्चिम बङ्गालमा बहुमत ल्याउन सफल त्रिणमूल काङ्ग्रेस (टीएमसी) ले मुख्यमन्त्रीमा बनर्जीलाई नै सिफारिस गरी उहाँले मुख्यमन्त्रीको रूपमा सपथ लिइसक्नुभएको छ तर उहाँ मुख्यमन्त्री रहिरहनका लागि आगामी छ महिनाभित्र पश्चिम बङ्गालको कुनै एक क्षेत्रमा निर्वाचित हुनुपर्नेछ ।
मुख्यमन्त्रीले उप–निर्वाचनमा अहिले प्रतिस्पर्धा गर्ने भनिएको निर्वाचन क्षेत्र उहाँले यस पहिले दुई पटकसम्म निर्वाचन जितेको क्षेत्र हो । यस वर्षको निर्वाचनमा उहाँले नन्दीग्राम क्षेत्र रोजेपनि भारतीय जनता पार्टीका तर्फबाट उम्मेदवार बनेका सुबेन्दु अधिकारीसँगको रोचक प्रतिस्पर्धामा एक हजार ९५६ मत अन्तरले पराजति हुनुभएको थियो ।
पश्चिम बङ्गालमा निर्वाचन आफ्नो दलको पक्षमा आएपछि उहाँलाई त्रिणमुल काङ्ग्रेसले मुख्यमन्त्री बनाएको हो ।
त्रिणमूलका वरिष्ठ नेता तथा भवानीपूर क्षेत्रबाट निर्वाचित सांसद सोभान्देव चटर्जीले पार्टीको सिफारिसमा शुक्रबार नै पदबाट राजीनामा दिनुभएको थियो । पार्टीका सबै नेताहरूले छलफल गरी उहाँलाई यहाँबाट प्रतिस्पर्धा गराउने सुझाब आएपछि मैले सोचें कि मुख्यमन्त्रीका लागि मेरो सीट खाली गर्नुपर्नेछ ।
त्यहाँ कुनै दबाब छैन ।सरकार चलाउनका लागि उहाँ योग्य व्यक्ति हो । मैले उहाँसँग कुरा गरें । यो उहाँको नै सीट थियो । मैले यसलाई सुरक्षित मात्रै गरेको हो ।” चटर्जीले राजिनामापछि सञ्चारमाध्यमसँग बताउनुभयो ।