logo
२०८१ मंसिर ८ शनिवार



पाकिस्तानमा भोलिदेखि खोपका लागि नाम दर्ता शुरु

अन्तर्राष्ट्रिय |


पाकिस्तानमा भोलिदेखि खोपका लागि नाम दर्ता शुरु
तस्विर-फाइल


इस्लामावाद, जेठ १२ गते।
पाकिस्तानमा भोलि बिहीबारदेखि कोरोनाभाइरस विरुद्धको खोप लगाउन नाम दर्ता शुरु गरिने भएको छ । कोरोनाभाइरसको तेस्रो चरणको महामारीमा मानवीय क्षति न्यूनिकरण गर्ने उद्देश्यले खोप लगाउने अभियान शुरु गर्न लागिएको सरकारी उच्च अधिकारीले बताएका छन् ।
पाकिस्तानका केन्द्रीय योजना, विकास मन्त्री असद उमारले बिहीवारदेखि कोरोना विरुद्धको खोप लगाउनका लागि नामावली दर्ता गराउन थालिने बुधबार जानकारी दिनुभयो । सामाजिक सञ्जाल ट्वटरमार्फत उहाँले नेस्नल कमाण्ड तथा अपरेसन सेन्टर (एनसीओसी)ले नामावली दर्ता गराउने जानकारी दिनुभएको हो ।
“एनसीओसीको आजको बैठकले भोलि बिहीबारदेखि नाम दर्ताशुरु गर्ने निर्णय गरेको छ,” उहाँले ट्वीटरमा लेख्नु भएको छ । खोप १९ वर्ष वा सोभन्दा माथिका सबैलाई लगाउने योजनाअनुसार सोही उमेर समूहका व्यक्तिको मात्रै नाम दर्ता गराइने उहाँले बताउनु भएको छ ।
खोप अभियानले कोरोनाभाइरसबाट हुने क्षति न्यूनिकरण गर्न धेरै सहयोग गर्ने सरकारी अधिकारीले विश्वास व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?