logo
२०८१ मंसिर ८ शनिवार



अफगानिस्तानमा चार सर्वसाधारणको मृत्यु

अन्तर्राष्ट्रिय |


अफगानिस्तानमा चार सर्वसाधारणको मृत्यु
तस्विर-फाइल


काबुल, जेठ १८ गते। अफगानिस्तानको राष्ट्रिय सुरक्षा सेवा (एनडिएस)का सदस्यहरुलाई लक्षित गरी भएको बिस्फोटमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् ।
प्रहरीका अनुसार परवान प्रान्तको चारिकार शहरमा उक्त घटना भएको थियो । उक्त घटनाको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।
अफगानिस्तानमा पछिल्ला केही हप्तादेखि हिंसात्मक घटनाहरु तिब्र रुपमा बढेका छन् । यी आक्रमणबाट खासगरी अफगान सुरक्षाफौज र सर्वसाधारणको ज्यान गइरहेको मानव अधिकारवादीहरुले बताएका छन् । आगामी सेप्टेम्बर ११ भित्र अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो सैनिक फिर्ती प्रक्रिया जारी रहेकै अवस्थामा यी हिंसात्मक घटनाहरु अझ बढेका छन् ।
विवरण अनुसार, केही सातादेखि बाघलान, हेल्मन्ड, कुन्दुज, कान्दाहार र लाघमान प्रान्तमा सरकारी फौज र तालिबान समेतका विद्रोहीहरुबीच भिडन्तहरु जारी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?