logo
२०८१ बैशाख ८ शनिवार



बेलायतमा एकैदिन ४४ हजार सङ्क्रमित थपिए

अन्तर्राष्ट्रिय |


बेलायतमा एकैदिन ४४ हजार सङ्क्रमित थपिए
तस्विर-बीबीसी


गोरखापत्र अनलाइन
काठमाडौं, साउन ६ गते । बेलायतमा एकैदिनमा ४४ हजार १०४ जना कोरोनाभाइरसका सङ्क्रमितको पुष्टि भएको छ । थपिएका सङ्क्रमितसँगै कोरोनाका कुल सङ्क्रमित ५५ लाख ६३ हजार छ पुगेको छ ।
गएको चौबीस घण्टामा बेलायतमा ७३ जना कोभिड १९ का सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणले मृत्यु हुनेको संख्या एक लाख २८ हजार ८९६ पुगेको छ । बेलायतका मुख्य प्रतिपक्षी दल लेबर पार्टीका नेता कैर स्टार्मर समेत सेल्फ आइसोलेशनमा बस्नुपरेको छ । उहाँको एक जना सन्तानमा सङ्क्रमणको पुष्टि भएपछि आइसोलेशनमा बस्नुपरेको एएनआईले उल्लेख गरेको छ ।
बेलायतको तल्लो सदन ‘कमन्स’मा सहभागी भएको दुई घण्टा नबित्दै उहाँको सन्तान सङ्क्रमित भएको खबर सार्वजनिक भएपछ् िकैर आइसोलेशनमा जानुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?