गोरखापत्र अनलाइन
काठमाडौं, साउन १७ गते । दक्षिण कोरियामा लगातार २६ औं दिन एक हजार भन्दा बढी सङ्क्रमिको पुष्टि भएको छ । गएको चौबीस घण्टामा एक हजार ४४२ सङ्क्रमित थपिएका छन् । अघिल्लो दिनभन्दा चौबीस घण्टामा थपिएका सङ्क्रमित कम हो । अघिल्लो दिन एक हजार ५३९ सङ्क्रमित पहिचान गरिएको थियो ।
एएनआईका अनुसार हाल देखापरेको सङ्क्रमण राजधानी सोलसहित वरिपरिका क्षेत्रका छन् । नयाँ सङ्क्रमितमध्ये ४६९ जना सोलका र ३९३ जना ग्योङ्गी प्रान्तका छन् । राजधानी लगायतका शहरबाट गर्मीको बिदा मनाउन बाहिरिँदा ग्रामीण भेगतिर समेत फाटफुट सङ्क्रमित फेला परेको जनाइएको छ । दक्षिण कोरियामा हालसम्म एक लाख ९९ हजार ७८७ जना सङ्क्रमित भएका छन् ।